बलात्कार घटना प्रशासनकै मिलेमतोमा गुपचुप राखिएको एकपछि अर्का घटना सार्वजनिक भइरहेका बेला भक्तपुरमा बालिका बलात्कृत भएको घटना प्रकाशमा आएको छ । भक्तपुरमा बालिका बतात्कार भएको विषय महिना दिनपछि सार्वजनिक भएको छ ।
‘बालिका बलात्कार महिना दिनसम्म गुपचुप’ शीर्षकमा अन्नपूर्णले लेखेको छ– भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) बलात्कृत भएकी हुन् । तर, यो घटना एक महिनापछि प्रकाशमा आएको छ ।
अन्नपूर्ण पोस्ट






