पत्रकार पकुवालको उपचारमा सहयोग गर्न युएई पत्रकार महासंघको अपिल

युएई । मृगौलापीडित पत्रकार माया पकुवालको उपचारमा नेपाल पत्रकार महासंघ युएई शाखाले आर्थिक सहयोग संकलन गर्न सबैमा अपिल गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य माया पकुवालको उपचार सहयोगार्थ अभियान शुरु गरेसँगै सो अपिल गरेको हो ।
पकुवाले दुवै मृगौला खराब भएर भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेकी छिन् ।

माया पकुवाल भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिकमा सम्पादक हुन् । यूएई शाखाका अध्यक्ष भुपराज बस्यालले यूएई शाखाका कोषाध्यक्ष दिनेश अचार्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति निर्माण गरेर युएईमा क्रियाशिल विभिन्न संघसंस्था, व्यवसायी, समाजसेवीहरूलाई सहयोग अपिल गरेको बताए ।