गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युकेद्वारा सहयोग प्रदान

लन्डन– २६ जनवरी २०१८ ममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युकेले ब्लड क्यान्सरपीडितलाई सहयोग प्रदान गरेको छ ।

संघका उपाध्यक्ष तथा आपतकालिन राहत कोषका संयोजक सुशीला राईको संयोजकत्वमा संकलन गरिएको परोपकारी सहयोग रकम ५ लाख १ हजारको चेक ब्लड क्यान्सरबाट पीडित ४ वर्षीया बालिका कृष्टिना सुनुवारको उपचारको लागि उनका बुवा निरकुमार रुप्चालाई नर्भिक अस्पतालमा हस्तान्तरण गरिएको छ ।

यस हस्तान्तरण कार्यक्रममा युकेका आईसीसी सदस्य सुषमा राई, कुवेतका आईसीसी सदस्य अमित चाम्लिङ राई, आइसिसिका निवर्तमान सचिव अर्जुन श्रेष्ठ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमका उपाध्यक्ष कमल पन्थी, सञ्चारकर्मीहरु र सचिवालयको सहभागिता थियो ।