चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ‘सीओ डब्लू काउ’ गीत रिलिज भएको छ चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । चलचित्र नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको हो ।
‘सी ओ डब्लु काउ’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार आरम्भ गरिएको जनाइएको छ । राजनराज सिवाकोटी र मेलिना रार्इको स्वर, राजनकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायिका रीमा विश्वकर्माले नृत्य गरेकी छिन् । त्यस्तै, भिडियोको कोरियोग्राफी गम्भिर बिष्ट, नायिका केकी अधिकारी र कलाकार विनोद न्यौपानेले गीतको भिडियोमा अभिनय गरेका छन् ।
चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । विशाल भण्डारीले निर्देशन गरेको चलचित्रमा लोकेश बज्रचार्यको सम्पादन, अर्जुन तिवारीको छायांकन छ । चलचित्रमा भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिव प्रसाद चौलागाइको लगानी छ ।






