क्षेत्री समाज बेलायतको छैठौ साधारण सभा आगामी ८ अप्रिलमा

लण्डन । क्षेत्री समाज बेलायतको छैठौ साधारण सभा आगामी ८ अप्रिलका दिन हुने भएको छ । क्षत्री समाज बेलायतका महासचिव राजनकुमार क्षेत्रीका अनुसार छैठौ साधारणले नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

समाजले कार्यसमिति निर्वाचनका लागि संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार भीम बानीया, सल्लाहकार रामशरण सिमखडा र आजीवन सदस्य धनबहादुर क्षेत्री सम्मिलीत निर्वाचन समिति गठन गरिएको छ ।