बाह्रबीसे। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–६ सखुवामा बिहीबार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना१च ९९५० नम्बरको जिप दुर्घटना हुँदा बाह्रबीसे–८ मानेश्वराकी १४ बर्षीया गोमा तामाङ, वडा नं ६ की १५ बर्षीया पासाङ तामाङ र वडा नं ९ की १६ बर्षीया समीक्षा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक पंचकुमार बाखुले बताए ।






