बेलायती राजकुमार ह्यारीकी प्रेमिका मेघन मार्कले आफ्नो सबै सामाजिक संजालको एकाण्ट बन्द गरेकी छन्। मार्कले मंगलबार दिउँसो राजकुमार ह्यारीसँग ब्रिक्सनको सामुदायिक रेडियो स्टेशनमा केही समय बिताएकी थिइन्।
बेलायतको राजदरबार बकिंघम प्यालेसले जारी गरेको विज्ञप्तिमा मार्कले अहिलेसम्म आफूलाई सामाजिक संजालमा फलो गर्ने सबैलाई धन्यवाद भन्नु भएको छ। किनभने उहाँले लामो समयदेखि यी सामाजिक संजालको प्रयोग गर्नु भएको थिएन। त्यही कारण अब ट्विटर,फेसबुक र इंस्टाग्रामका सबै एकाउण्ट बन्द गर्नु भएको छ,’ उल्लेख छ।
मार्कको सो निर्णयलाई बेलायतका राजकुमार ह्यारीसँग हुने विवाहसँग जोडेर हेरिएको छ। आगामी मे महिनामा हुने विवाह पनि मेघन शाही परिवारकी सदस्य बन्ने भएकी छन्। राजपरिवारका सबै सदस्यको एउटा आधिकारिक ट्विटर र इंस्टाग्राम एकाउण्ट छ, जो नियुक्त गरिएको कुनै व्यक्तिद्वारा संचालित गरिन्छ। यतिसम्म की यो एकाउण्टबाट कसैका पनि व्यक्तिगत ट्विट र पोस्ट शेयर गरिँदैन।
केही समयपछि मेघन शाही परिवारकी सदस्य बन्ने र त्यसपछि उनको सामाजिक संजालमा पोस्ट गर्न एकजना कर्मचारी नियुक्ती हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
डिसेम्बर २०१७ सम्म मार्कको इंस्टाग्राममा १. ९ मिलियन र ट्विटरमा ३५०,००० हजार भन्दा धेरै फलोअर थिए। उनको फेसबुक पेजमा करिव ८००, ००० मानिसले लाइक गरेका छन्।






