काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते बुधबार राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगको सिफारिसका आधारमा सरकारले मिति तय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आयोगले २५ गते सिफारिस गरेको थियो ।
संविधानको धारा ८६ को उपधारा २ (क) बमोजिम राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। मन्त्रिपरिषद्ले प्रदेशप्रमुख र प्रदेश मुकामको टुंगो भने लगाएन।






