एनआरएनए फ्रान्सबाट मगर परिवारलाई सहयोग रकम हस्तान्तरण

लन्डन– अल्पायुमै ज्यान गुमाएका फ्रान्स निवासी प्रदीप राना मगरको परिवारलाई झण्डै ९ लाख रुपैयाँ सहयोग गरिएको छ ।

गैरअआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सको सहयोगार्थ प्राप्त ८ लाख ९२ हजार ४ सय ४५ रुपैयाँ राना मगरका बुवा विष्णुबहादुर राना मगरलाई हस्तान्तरण गरिएको छ ।

प्रदिप राना मगर फ्रान्समा लामो समय देखि बस्दै आएका थिए । रोगको कारणले २४ नोभेम्वर २०१७ का दिन फ्रान्समा उनको निधन भएको थियो । राना मगरको शव ५ डिसेमबरमा पेरिसबाट नेपाल पठाइएको थियो । सहयोग हस्तन्तरण गरेका मृतकका बुवा विष्णुबहादुर राना मगरले गैरआवसीय नेपाली संघका साथै राष्ट्रिय समन्वय परिषद् फ्रान्सप्रति आभार प्रकट गरेका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले परोपकारी कार्यहरु गरी संघको अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।