मैतीदेवीमा बस दुर्घटना, १७ जना घाइते

काठमाडौं। राजधानीको मैतीदेवीमा विद्युत पोलमा ठोक्किएर बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

मंगलबार बिहान बा२ख ८७३३ नम्बरको बस पेट्रोल पम्पनजिकै विद्युत पोलमा ठोक्किएर पल्टिएको हो । विद्युतको पोलसमेत ढलेका कारण बस उठाउन समस्या भएको प्रहरीले जनाएको छ । विद्युत प्राधिकरणका कर्मचारी आएर विद्युत ट्रान्सफर्मरसहितको पोल पन्छाएपछिमात्र बस उठाउन सकिने प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते १७ मध्ये चार जनाको अवस्था गम्भीर छ ।