लन्डन– एनआरएन यूकेको वर्तमान सातौं कार्यसमितिको पहिलो सय दिन पूरा भएको छ । यहि अवसरमा आइतबार डिसेम्बर १७ का दिन एक विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
अल्डरसटमा आयोजित सो कार्यक्रममा एनआरएन यूकेको कार्यालयको समेत उदघाटन भएको थियो । एनआरएन यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथि तथा आईसीसी उपाध्यक्ष कुल आचार्यले संयुक्तरूपमा कार्यालय उदघाटन गरेका थिए । कार्यक्रममा एनआरएन यूकेका महासचिव आर.के. त्रिपाठीले सय दिनमा भएका गतिविधिबारे प्रकाश पारेका थिए भने प्रवक्ता रमेश सराङकोटीले प्रोजेक्टरमार्फत प्रस्तुत गरेका थिए ।
विशेषांकको डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्






