ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको सेमिनार लन्डन दूतावासमा

लन्डन– नेपालमा लगानीबारे लन्डनमा सेमिनार हुने भएको छ । लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को संयुक्त आयोजनामा डिसेम्बर १५ बिहीबार साँझ ५ बजेदेखि दूतावासमा ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट विथ नेपाल’ विषयक सेमिनार हुन लागेको हो ।

सेमिनारमा बेलायतको फरेन एण्ड कमनवेल्थ अफिसकी प्रतिनिधि जेनिफर नेल्सन, बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी , ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेल लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपालमा लगानी गर्न इच्छुक तथा लगानी गरिसकेका बेलायती तथा नेपाली लगानीकर्ता, व्यवसायी आदिको सहभागिता रहने ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कँडेलले जानकारी दिए ।