लन्डन फेसन हाउसको नेपालमा पनि शाखा विस्तार

 शिब भण्डारी
लन्डन– लन्डन फेसन हाउसले नेपालमा पनि शाखा  विस्तार गरेको छ । काठमाडौंको नयाँ बजारमा ‘लन्डन फेसन हाउस–हाउस अफ डिजाइनर’ को नाममा शाखा विस्तार गरिएको हो । ४ वर्षदेखि लन्डन फेसन हाउसको नाममा सञ्चालनमा रहे पनि नेपाली डिजाइनरसमेतको सहभागितामा लन्डन फेसन हाउसको रिब्रान्डिङ गरिएको निर्देशक मनीषा डंगोलले जानकारी दिनुभयो ।
शाखाको उदघाटन एनआरएनए अध्यक्ष भवन भट्ट र एनआरएनए महिला संयोजक रजनी प्रधानले गर्नुभएको थियो । लन्डन फेसन हाउस–हाउस अफ डिजाइनरमा अहिले १३ जना नेपाली डिजाइनरले तयार पारेका अलग अलग डिजाइन कलेक्सन रहेको छ । ‘नेपालमा पनि धेरै बुटिकहरु छन्,’ डंगोलले लन्डन नेपाल न्यूज डट कमसँग भन्नुभयो, ‘एकै ठाउँमा धेरै डिजाइरका कलेक्सन पाउने सम्भवत: यो पहिलो हो ।
’लन्डन फेसन हाउस–हाउस अफ डिजाइनरमा दौरा सुरुवाल, दुलहीको गुन्यु चोलीदेखि सबै खालका डिजाइन उपलब्ध छन् । डंगोलका अनुसार मूल्य महंगो नभए पनि गुणस्तरमा कुनै कमी गरिएको छैन । सन् २०११ मा बेलायतको हेजबाट सुरु भएको लन्डन फेसन हाउसको नेपालसँगै साउथ ह्यारोमा पनि शाखा रहेको छ ।