काठमाडौं-
काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ।
प्रहरीको अनुसार ७ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने २४ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएका मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १३ जनालाई भरतपुर लगिएको छ । यस्तै केहीबेर अघि थप ५ जना घाइतेलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि लगिएको छ। प्रहरीका अनुसार सहचालकले काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थिए ।
उद्धारकार्यका लागि मुग्लिन, जाेगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टाेली घटनास्थल तर्फ पुगिसकेको छ। बसलाई निकाल्ने प्रयास भइरहेको छ।






