मिस यूके नेपाल सुन्दरी च्यारिटी सांझमा आठै जना प्रतिष्पर्धी सहभागी[फोटो फिचर]

 शिब भण्डारी
लन्डन । छैठौं मिस यूके नेपालको टिमले शनिबार लन्डनमा ‘छैठौं व्युटी विथ पर्पोज’ शीर्षकको च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ ।
लन्डनको नर्थहोल्ट पार्क सोसल क्लबमा सम्पन्न कार्यक्रमबाट २५ सय पाउन्ड सन्कलन भएको मिस यूके नेपाल आयोजक इभेन्ट्स एन्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले जानकारी दिएकी छिन् ।
मिस यूके नेपाल २०१७ सिर्जना गुरुङको संयोजनमा सबै ८ जना प्रतियोगीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। संकलित रकम नेपालमा दृष्टीविहिनहरुको लागि कार्यरत ‘ब्लाइन्ड रक्स’ नामक च्यारिटीलाई सहयोग गरिनेछ ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजदूत श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, एनआरएनए यूकेका महासचिव आर.के. त्रिपाठीलगायत अतिथि रहेका थिए ।
 आयोजकका तर्फबाट कार्यक्रमका प्रायोजक, मिडियाकर्मी र कलाकारलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । मिस यूके नेपालको टिमले हरेक वर्ष ´व्युटी विथ पर्पोज´ शिर्षकमा च्यारिटी कार्यक्रम गरी संकलित रकम नेपालमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।
मिस यूके नेपाल टीमका सुन्दरीहरुका साथै अन्य कलाकारको सांगीतिक कार्यक्रम, राफेल ड्रलगायतका प्रस्तुतिहरुले ब्यूटी कन्टेस्ट च्यारिटी कार्यक्रम थप आकर्षक भएको थियो ।