चीनबाट भित्रिएको अवैध १७ किलो सुन बरामद

रसुवाको केरुङ नाकाबाट १७ किलो सुन बरामद गरिएको छ । शनिबार बिहान विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बोलेरो जिपबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।

 केहीदिन अघि नेपालबाट सामान लिन तिब्बत गएको बा११च नम्बरको जिपबाट लुकाइ ल्याइएको अवस्थामा सुन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख शरतकुमार थापाले बताए ।

उनका अनुसार जिपमा न्यापकिन, ट्वाइलेट पेपर ल्याइएको थियो । त्यही समान भित्र राखेर १७ किलो सुन पनि नेपाल ल्याइँदै थियो ।