बामठबन्धनको घोषणापत्रमा किन छुटे यी दुई महत्वपूर्ण मुद्दा ?

????????????????????????????????????

काठमाडौँ– एमाले र माओवादीसहितका दलहरुको बामगठबन्धनले मंगलवार आफ्नो घोषणापत्र सार्वजनिक गर्यो । तर, घोषणापत्रमा देश र जनताले जान्न चाहेका दुई महत्वपूर्ण मुद्दा भने समेटिएनन् । गठबन्धनका नेताहरुले किन यस्तो गरे ? नयाँ बहस शुरु भएको छ ।

बाम गठबन्धनको संयुक्त घोषणापत्रमा आगामी शासकीय स्वरुप कस्तो हुने भन्ने विषयमा केही बोलिएको छैन । संविधान निर्माणका क्रममा शासकीय स्वरुपमा ठूलो विवाद देखिएको थियो । माओवादीले त्यतिबेला फरक मत राख्दै संविधानमा हस्ताक्षर गरेको थियो ।