श्रीमान उठेकै क्षेत्रमा श्रीमतीको स्वतन्त्र उम्मेदवारी !

बाँके- बाँकेको क्षेत्र नम्बर २ प्रदेश ‘क’ मा संघीय समाजवादी फोरमका विजयबहादुर यादवका विरुद्ध उनकै पत्नी सरोजकुमारी यादवले उम्मेदवारी दिएकी छन् ।

श्रीमान श्रीमती एकै क्षेत्रबाट एकै पदमा उम्मेदवार बनेपछि चर्चाको बिषय बनेको छ । श्रीमान उठेकै क्षेत्रमा श्रीमती स्वतन्त्र उठनुनुलाई विभिन्न अड्कलबाजी बनाइएको छ । फोरमका उम्मेदवार विजयबहादुरले चुनावमा अतिरिक्त सेवा सुविधा प्रयोग गर्नाका लागि पत्नीलाई स्वतन्त्र उम्मेदवार बनाएको हुन सक्ने अनुमान गरिएको छ ।