कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नं ३ मोतिबागमा आज आफ्नै घर अगाडि रहेको खाल्डोको पानीमा डुबी एक नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडा निवासी शैलेन्द्र ठाकुरका एक वर्षीय छोरा कुञ्जनकुमार ठाकुर रहेको प्रहरी प्रवक्ता भुनेश्वर साहले बताउनुभयो ।
साहका अनुसार ठाकुरको धाराबाट निस्कने पानीको निकासका लागि घर अगाडि नै खनिएको खाल्डामा खेल्दै गरेका बालक डुबेको र उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा बाटैमा उनको निधन भएको थियो । रासस






