अध्यक्ष यादवविरुद्ध राजपा नेताद्वारा वागी उम्मेदवारी

राजविराज- आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँड गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका एक नेताले वागी उम्मेदवारीको घोषणा गरेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी निश्चित भएपछि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

राजविराजमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा ठाकुरले पार्टीको गलत निर्णयविरुद्ध आफूले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै पार्टीको सहमहामन्त्रीलगायत साधारण सदस्यसमेत परित्याग गरेको बताउनुभयो ।