अन्तत: लामो समयदेखि फरार माओवादी नेता ढुंगेल पक्राउ

काठमाडौं । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् ।

सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेल लामो समयदेखि फरार थिए । माओवादीले द्वन्द्वकालीन मुद्दा भएको भन्दै ढुंगेलको बचाउ गर्दै आएको थियो ।