उदयपुर। उदयपुरमा एक यात्रीबहाक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अरु तीनजना घाइते भएका छन् ।
कटारीबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको ना१ज ३४०४ नम्बरको टाटासुमो जिप सोमबार दिउँसो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट खसेर दुर्घटनामा परेको हो ।
मृतकको सनाखत हुन सकेको छैन ।






