तारा भुसाल , गुल्मी। बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको एक यात्रीबहाक माइक्रोबस गुल्मीको बीरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
बा४ख ५५०१ नम्बरको माइक्रोबस सोमबार गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा अरु ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।
दुर्घटनमा मृत्यु हुनेहरुको सनाखत हुन नसकेको र घाइतेहरुको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ ।
अवस्था हेरेर घाइतेहरुलाई उपचालका लागि तानसेन पठाइएको पनि प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
गाडीमा १३ जना यात्री, चालक र सहचालक गरी १५ जना रहेकोमा दुईजना फेला नपरेको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेको जनाइएको छ ।






