गगनशिला खड्का
गुल्मी २७ माघ । सिद्धबाबा उच्च माविमा कक्षा एक मा अध्यनरत आरती नेपाली चित्रको माध्यमबाट कथा बुन्ने खेलमा रमाईरहेकी थिईन् । ९ बर्षिय नेपाली समसामयिक विषयमा कोरीएको चित्रलाई कथामा रुपान्तरण गर्दै चाखपुर्ण तरिकाले खेलमा आनन्द लिईरहेकी देखिन्थिन् । उनले भनिन् ः“ यस्ता कति राम्रा चित्र हेर्नुस त,यो त म एक्लै कथा बनाईदिन सक्छु नी ।” सोमबार उनी जस्तै गुल्मी जिल्लाका १४ वटा सामुदायिक विधालयका स—साना नानीहरुले पढाई महोत्सवमा सहभागी भई खेलको माध्यमबाट आफुहरुलाई नेपाली भाषामा पोख्त बनाउने प्रयास गरे ।
नेपाली भाषमा कमजोर देखिएका सामुदायिक विधालयका प्रारम्भीक तहका विधार्थीहरुको भाषागत क्षमतामा अभिबृद्धी गर्ने उदेश्यले सञ्चालन गरिएको पढाई महोत्सवमा उनीहरु यसरी रमाएका हुन् । पढौँ,सिकौ र जानौँ कार्यक्रम अन्र्तगत विश्व शिक्षा र रातो बंङ्गला फाउण्डेसनको संयुक्त प्रयासमा गुल्मी जिल्लामा पहिलो पटक आयोजना गरिएको महोत्सवमा उपल्लो तम्घास माविमा अध्यनरत अनुषा कंडेलले रिङ्ग हान्ने खेल खेल्दा आफुलाई बढी रमाईलो लागेको बताईन् । उनले भनिन् ः“मेरो हातमा भएको बलले चित्रमा हाने अनि त्यसको नाम भने ।” १० बर्षिय कंडेल यस्तो खालको खेलमा पहिलो पटक सहभागी भएको बताईन् । “ मलाई त क्या रमाईलो भयो,सधै यस्तै खेल भईदियो पनि हुन्थ्योनी ।”
रेसुङ्गा नगरपालिकाको अर्खलेमा रहेको बुद्ध माध्यमिक विधालयमा आयोजना गरिएको पढाई महोत्सवमा सहभागी भएर ज्ञान संगै रमाउने नेपाली र कंडेल मात्रै होइनन् । सिद्धबावा उच्च माविमै कक्षा ३ मा अध्यनरत विमला पन्थीले हातभरी बधाई लेखेको पहेलो कार्ड बोकेका थिए ।
उनले त्यति धेरै कार्ड चित्र हेरी अंग पत्ता लगाउने खेलमा जितेपछि पाएका हुन् । १० बर्षिय पन्थीले मान्छेको शरिरको अंग खेलमा सहभागी भएर पत्ता लागउन सफल भएपछि जितेको अवसरमा पाएको बताए । उनले भने ः“मान्छेको शरिर राखिएको थियो,त्यहाँ मैले टाउँको,पेट र खुट्टा पत्ता लगाए अनि पाएको हो ।”
विधार्थीहरुको जग बलियो हुन नसके कुनै पनि भाषामा राम्रो नतिजा प्राप्त गर्न नसक्ने निष्कर्ष सहित नेपाली भाषामा सुधार ल्याउने उदेश्यले गरिएको महोत्सवमा गुल्मी जिल्लाका ७ वटा सामुदायिक विधालयमा अध्यनरत विधार्थीहरुले महोत्सव अवलोकन गरेका थिए । गुल्मी जिल्लाका १४ वटा विधालयको सहभागीतामा रहेको पढाई महोत्सवमा विधार्थीहरुले शव्दपत्ति तथा चित्रका आधारमा नेपाली भाषागत ज्ञानलाई प्रष्ट पारेका थिए ।
पढाई महोत्सवमा विभिन्न २८ वटा खेलका स्टलहरु राखिएका थिए ।
कक्षा एक देखी ३ सम्म अध्यनरत विधार्थीहरुले जुनसुकै स्टलमा गएर पनि आफुलाई मनपर्ने खेल खेल्न पाउने व्यवस्था गरिएको थियो । विधार्थीद्धारा तयार पारिएका स्टलहरुको सञ्चालन उनीहरुले नै गरेका थिए । महोत्सवको रमाईलो पक्ष भनेकै विधार्थी विधार्थीहरुको भाषागत ज्ञानको आदान प्रदान रहेको थियो । पछिल्लो समय अंगेजी माध्यममा विधार्थीको पढाई प्रति आकर्षण बढ्दा नेपाली भाषा कमजोर हुदैँ गएका कारण यस्तो कार्यक्रमको आयोजना गरिएको रातो बंङ्गला फाउण्डेसनका गुल्मी संयोजक दिपक रोकाले जानकारी दिए । महोत्सवमा खेलका माध्यमबाट विधार्थीहरुलाई नेपाली भाषामा पोख्त बनाउन सकिने विषयमा प्रष्ट्याउँदै रोकाले त्रिभुजको टुक्रा हेरी माछा बनाउने खेलमा मात्राहरु जस्तै अकार,इकार र उकारको प्रयोग हुने बताए । उनले यस खेलमा मात्रा मिलाउन जानेको व्यक्ती विधार्थीले मात्र मिलाउन सक्ने बताए । अहिले प्रत्येक सामुदायिक विधालयमा चलिरहेको शिक्षा पद्धतीले निरन्तरता पाउँदै गएमा कुनै दिन नेपाली भाषा नै हराउने बद्ध माविका प्रधनाध्यापक गोपालमणी शर्माले बताए । उनले भने ः“ अहिले चलिरहेको पढाईले निरन्तरता पाउँदै गयो भने हाम्रा नानीहरु नेपाली भाषामा सक्षम हुन सक्ने छैनन । ”
पढाई महोत्सव अवलोकन गर्न पुगेका जिल्ला शिक्षा कार्यालय गुल्मीका विधालय निरीक्षक दिपक भण्डारीले विधालयहरुले अंग्रेजी विषयलाई बढी प्राथमिकता दिदा नेपाली भाषा कमजोर बन्दै गएको बताए । उनले अंगेजी भाषामा अध्यापनका लागि माग भइरहेको र त्यसका कारण विधार्थीहरु नेपाली भाषामा कमजोर भइरहेको बताए । भण्डारीले भने ः“अहिले उनासी भनेको हाम्रा बच्चाले बुझ्दैन तर सेविन्टी नाईन भन्यो भने सहजै बुझ्न सक्दछ ।” उनले थपे ः“ नेपाली भाषामा विधार्थी सक्षम बनाउन यस्तै महोत्सव हुन जरुरी छ ।”
महोत्सवमा नक्सा हेरी बिकास क्षेत्र पत्ता लगाउने,सलाम खेल,एक छिन रमाइलो गरौ, बिङ्गो रिङ्ग हान्ने,स्पन्ज निर्माण,शब्द निर्माण,ढाकेको अक्षर चिन्ने,कथा चित्र,बाक्य निर्माण,कथा माला,प्रदेश पहिचान,बिरुवाको भाग पत्ता लगाउने,पट्याउने कबिता,कथा निर्माण,म्याचिङ्ग (शब्द र चित्र),कथा बादल,दिमागी लडाइ,को छिटो,त्रिभुज चित्र,अक्षर शब्द को जोडा,आकार इकार चिनौ,माछा निर्माण,शब्द अर्थको जोडा लगायतका खेलका स्टलहरु राखिएका थिए ।








