मुख्य सचिवमा रेग्मी नियुक्त

काठमाडौं– मन्त्रिपरिषद बैठकले सरकारका मुख्य सचिवमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ ।

आज बिहान बसेको बैठकले सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेको हो । उमेर हदका कारण मुख्यसचिव राजेन्द्र क्षेत्रीले अवकाश पाएपछि सरकारले सचिवहरुको बरियताक्रममा तेश्रो स्थानमा रहेका रेग्मीलाई नियुक्त गरेको हो ।

क्षेत्री भन्दा अगाडिका मुख्य सचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान गएपछि मुख्य सचिव पद खाली भएपछि क्षेत्रीलाई ल्याइएको थियो । ५८ बर्षे उमेर हदका कारण भोलीबाट क्षेत्री बिदा हुँदैछन् ।