काठमाडौं– दुई चरणमा हुन लागेको संघिय निर्वाचन पहिलो चरणमा ३ जना महिला प्रत्यक्ष चुनाव लड्ने भएका छन् । मंसिर १० गते हुने पहिलो चरणमा ३ जना महिलाहरूले प्रतिनिधिसभाका लागि प्रत्यक्षमा लड्न पाएका हुन् । यो पटक संघीय चुनावको लागि एमालेको तर्फबाट एक जना महिला उम्मेदवार पनि आउन सकेनन् ।
नेपाली काँग्रेसले २ जना र नेकपा माओवादी केन्द्रले एकजना महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार भएका हुन् । नेपाली काँग्रेसबाट सरस्वती बजिमय र चम्पादेबी खड्का तथा माओवादी केन्द्रले कमला रोकालाई उम्मेदवार बनाएका छन् । खोटाङकी उम्मेदवार सरस्वती बजिमय एमालेका विशाल भट्टराईसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । बजिमय निवर्तमान सांसद समेत हुन् ।
दोस्रो संविधानसभा निर्वाचनको चुनावी दौरानमा उम्मेदवार रहेका खड्काका श्रीमान हरिबहादुर खड्काको निधनपछि चम्पादेबी आफै चुनाव लडेर जितेकी थिइन् । त्यसै गरी बाग्लुङ क्षेत्र नंं १ मा नेपाली काँग्रेसले चम्पादेबी खड्कालाई उमेदवार बनाएको छ । उहाँले बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा. सूर्य पाठकसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
त्यसैगरी रुकुमबाट माओवादी केन्द्रले कमला रोक्कालाई उम्मेदवार बनाएको छ । कमला रोका पश्चिम रुकुमबाट चुनाव लड्दैछिन् । बाम गठबन्धनबाट उमेदवार बनेकी रोकाले काँग्रेसका गोपालजंग शाहसँग प्रतिस्पर्धा गर्नुहुने छ । एमालेले भने ३२ जिल्लामा गठबन्धन गर्दा पाएका २१ सिटमा एक जना पनि महिला उम्मेदवार बनाएको छैन । नियमले बाँधिएर चुनावी बाहेक अन्य सिटमा कहि पनि महिलालाई सिट लड्नका लागि योग्य नदेख्ने पार्टीहरूले संघीय चुनावमा पनि महिलाको उपस्थितिलाई रोकेको छन् ।






