गोर्खाली समाज यूकेद्वारा सुस्मा परियारको उपचारका लागि एक लाख चालीस हजार रुपैयाँ सहयोग प्रदान

काठमाडौँ– गोर्खा जिल्ला अजिरकोट गाउँपालिक -५ मुच्चोककि सुस्मा परियारको उपचारका लागि गोर्खाली समाज युकेले वीर अस्पताल काठमाडौमा उपचाररत परियारको अप्रेसनका लागि अार्थिक सहयोग प्रदान गरेको छ ।

समाजका अध्यक्ष जय प्रकाश गुरुङले बुधबार काठमाडौँ बिर हस्पिटल पुगी एक विशेष कार्यक्रमको आयोजना गरी समाजले बेलायतमा संकलन गरेको एक लाख चालीस हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको हो ।

यसै बीच सहयोग हस्तान्तरण कार्यक्रममा एन आर एन आइसीसी सदस्य कुमारी गुरुङ, गोरखा समाज काठमाडौका अध्यक्ष महेश गुरुङ, नेपाली काँग्रेस महासमिति सदस्य बेद प्रसाद काप्री (माईला) गुरुङ एबम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ओम गुरुङ समेतको उपस्थिति थियो ।

१४ वर्षिय सुस्मा परियारको गत २०७२ वैशाख १२ को भुकम्पमा परि बुबा र आमा दुबैले ज्यान गुमाएका हुन् । उनी अहिले कक्षा ९ मा अध्ययनरत छिन।

समाजले गोर्खाको, सामाजीक, शैक्षीक, धार्मिक लगायतका विभिन्न समस्यामा परेका हरुको लागि समेत सहयोग प्रदान गर्दै आईरहेको छ ।