संविधानसभाअन्तर्गतको प्रश्नावली प्रस्ताव समितिले नयाँ संविधानका विवादित विभिन्न विषयमा २ सय ३२ ओटा प्रश्न बनाएको छ । विपक्षीहरुको बहिस्कारकैबीच माघ ११ गते गठित समितिले १९२ ओटा मूल र ४० ओटा वैकल्पिक प्रश्न तयार गरेको हो । संविधानका मुख्य विवादित विषय राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका साथै अरु विषय समेटेर समितिले प्रश्नावली बनाएको हो ।
समितिले तयार पारेको प्रश्नावली सोमबारै सभामुख सुवास नेम्बाङलाई बुझाइँदैछ । मूल प्रश्न पारित भएपछि त्यससँग सम्बन्धित जोडिएर आउने अरु प्रश्नहरु स्वतः पारित हुने गरी प्रश्नावलीको ढाँचा बनाइएको समितिले जनाएको छ ।
विवादित विषयका २ सय ३२ प्रश्न तयार






