भारतलाई अर्को झड्का

शुक्रबारदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा हुँदै गरेको विश्वकप एक दिवसीय क्रिकेटमा साविक विजेता भारतलाई अर्को झड्का लागेको छ । अनुभवी बलर ईशान्त शर्मा चोटका कारण विश्वकपबाट बाहिरिएपछि भारतलाई झड्का लागेको हो ।
घुँडामा चोट लागेपछि बाहिरिएका ईशान्तको ठाउँ मोहित शर्माले लिनेछन् । फर्ममा नभएको भारतलाई उपाधि जोगाउन सकस हुने देखिएको छ । विश्वकपमा भारतले पहिलो खेल चिरपरिचित प्रतिद्धन्द्धी पाकिस्तानसंग शनिबार खेल्दैछ ।
सहभागी १४ टिमलाई दुई समूहमा विभाजन गरी आपसमा खेलाडी समूहका शीर्ष चार टिमले क्वार्टरफाइनलमा ठाउँ बनाउने छन् ।
पहिलो समूहमा श्रीलंका, बंगलादेश, अफगानिस्तान, अष्ट्रेलिया, इङ्गल्याण्ड, न्यूजिल्याण्ड र स्कटल्याण्ड छन् । त्यसैगरी दोस्रो समूहमा भारत, पाकिस्तान, आयरल्याण्ड, दक्षिण अफ्रिका, युएई, वेष्ट इन्डिज र जिम्वावे छन् । विश्वकप डेढ महिनासम्म चल्नेछ ।