लण्डनको ट्रेनमा विष्फोट हुंदा कयौं घाइते

लण्डन । लण्डनको डिष्ट्रिक्ट लाइन ट्रेनमा शुक्रबार बिहान विष्फोटन भएको छ । साउथ वेष्ट लन्डनको पार्सन ग्रीनमा विष्फोटनमा मानिसहरुबीच भागदौड हुँदा केही घाइते भएको उनीहरुले बताएका छन्। प्रहरीले घट्नालाई ‘आतंकवादी’ का रुपमा अनुसन्धान थालेको छ । विष्फोटनपछि उक्त क्षेत्रको सवारी आवागमन बन्द गरिएको छ । विष्फोटबाट यात्रुको अनुहार जलेको र श्वासप्रश्वासमा समस्या आएको जनाइएको छ ।