एजेन्सी । दक्षिण कोरियाका सैनिक अधिकारीहरुले आइतबार उत्तर कोरियाले छैठौ आणविक हतियार परीक्षण गरेको र उक्त परीक्षण पश्चात भुकम्प आएको दाबी गरेका छन् । प्योङयाङमा उत्तर कोरियाका शासकले हाइड्रोजन बम परीक्षण गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
दक्षिण कोरियाको मौसम विभाग र संयुक्त स्टाफ प्रमुखका अनुसार स्थानीय समय १२.२९ मा उत्तर कोरियाको किजुमा ५.६ रेक्टर स्केलको भुकम्प गएको थियो । अमेरिकाको जियोलोजिकल सर्भेले पहिलो भुकम्प ६.३ रेक्टर स्केलको भएको बताएको छ ।
योनह्याम न्युज एजेन्सीका अनुसार दोस्रो कम्पन ४.६ रेक्टर स्केलको थियो । दक्षिण कोरियाले भने दोस्रो कम्पनबारे असहमति जनाएको छ । दक्षिण कोरियाका सैन्य अधिकारीहरुले यसबारे एक शब्द पनि नबोलेको मिडिया रिपोर्टमा उल्लेख छ ।
उत्तर कोरियाले गएको सेप्टेम्बरमा पाँचौपटक परीक्षण गरेको थियो । पछिल्लो पटकको परीक्षणले उत्तर कोरियाको प्रयासले नयाँ गति पाएको बताइएको छ । आणविक हतियारले क्षमतामा वृद्धि गरी अमेरिकी क्षेत्रमा मार हान्न सक्ने प्रयासमा उत्तर कोरिया लागि परेको छ ।
अमेरिकी सुरक्षा विभागले यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । दक्षिण कोरियाको राष्ट्रपति अफिसमा राष्ट्रिय सुरक्षा विभागको मिटिङ चलिरहेको छ । राष्ट्रपति मुन जाइ–इनले यस घटनाबारे विस्तृतमा बुझी रहेका छन् ।
उत्तर कोरियाले गएको वर्ष दुईवटा आणविक परीक्षण गरेको थियो । तर, यो वर्ष भने फ्लाइट टेस्टिङ अन्तरमहादेशिय बलिस्टिक मिसाइलहरु र छोटो दुरीमा हान्ने मिसाइ जुन जापानको आकाशमा उडेको थियो परिक्षण गरिसकेको छ ।






