फिन्निश-नेपाली समाज फिनल्याण्डको तीज बिशेष कार्यक्रम भव्यरुपमा सम्पन्न (भिडियो)

लन्डन– हिन्दू महिलाहरुले विगतमा झैं यस वर्ष पनि धूमधामसाथ तीज मनाएका छन् । हरितालिका तीजका अवसरमा फिनल्याण्डमा पनि नेपाली हिन्दू महिलाहरुले ब्रत, उपासना र उत्सवकैरुपमा तीज मनाएका छन् । तीज आउनु दुई साताअघि नै सुरु भएको तीजे कार्यक्रमको रमझम ऋषिपञ्चमीसम्म जारी रह्यो ।

फिन्निश-नेपाली समाज फिनल्याण्डद्वारा आयोजना गरिएको तिज विशेष कार्यक्रम गत २६ अगष्ट २०१७ शनिबार हेल्सिन्की, फिन्ल्यान्डमा हरितालिका तीज भब्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रमको सुरूवात नेपालदेखि आउनुभएका बृद्ध बुवा आमाद्वारा दिप प्रज्ज्वलनबाट भएको थियो।

कार्यक्रममा मुलत रहेल्सिन्की वरपरका नेपाली नारीहरुको बाक्लो उपस्थिति थियो ।

गैर आवासिय नेपाली सँघ फिनल्याण्डका अध्यक्ष बसन्त गौतम ज्यू, फिनिश नेपाली समाजकी सल्लाहाकार कोमल खरेल र गुल्मी जिल्ला समाज युकेकी प्रवक्ता मन्जु भण्डारी खरेललाई निर्णायकको जिम्मेवारी दिइएको थियो।

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान वेलायत शाखाकी महासचिव मन्जु भण्डारी खरेल नेपाली भाषा साहित्यलाई मन मुटुमा बोकेर हिड्ने  नेपाली डायस्पोराकी उर्जावान उज्जवल नक्षत्र हुन्। भाषाको कक्षा सन्चालन गरेर नया पुस्तालाई नेपाली सिकाउने यिनी वेलायतमा चिरपरिचित शिक्षिका पनि हुन्।

https://www.facebook.com/londonnepalnews/videos/1373261942792330/