अन्तत : अखिल क्रान्तिकारीमा चुनाव हुने

काठमाडौं– माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सहमतिमा नेतृत्व चयनका लागि पार्टी नेतृत्वले पहल गरे पनि प्रयास असफल भएको छ ।

यो संगै आजबाट विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन हुने निश्चित भएको छ ।

बिघटित केन्द्रिय समितका सचिव गणेशप्रसाद मैनालीले आजबाट चुनावी प्र्रक्रिया शुरु हुने बताए ।

अखिल क्रान्तिकारी संगठनको २१ औ राष्ट्रिय विद्यार्थी सम्मेलन भदौ सात गतेदेखि जारी छ ।

अखिल क्र्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनबाट सबै पदाधिकारी सहित सदस्यहरु निर्वाचनबाट मात्र आउन पाउने संगठनले बताएको छ ।

संगठन भद्रगोल भएपछि सुस्त दुरुस्त बनाउन २५ सदस्य पदाधिकारी सहित १ सय ९९ कमिटी बनाउन थालिएको छ । पदाधिकारीमा एक अध्यक्ष, ६ जना उपाध्यक्ष, महासचिव १ जना,उपमहासचिव ३ जना, सचिव १३ जना, कोषाध्यक्ष एक जनागरी २५ जना पदाधिकारी हुने भएका छन् ।

अहिले अखिल क्र्रान्तिकारीमा ९९ जना पदाधिकारी सहित एक हजार जनाको कमिटी छ । कमिटी सारै भद्या भएको भन्दै आलोचन भएपछि घटाएर सानो चुस्त बनाउन थालिएको छ ।