नेप्लीज डक्टर्स एसोसियसन युकेले सहयोग संकलन गर्ने

20525537_1361437763963973_8018775358304934275_n

लण्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुको संस्था, नेप्लीज डक्टर्स एसोसियसन युके, ले नेपालमा गत साता आएको भीषण बाढी तथा पहिरोबाट पीडित जनताहरुसम्म राहत पुराउन सहयोग संकलन गर्न लागेको छ।

एसोसियसनले एक अपील जारी गरी सबैलाई सहयोगका लागि आग्रह पनि गरेको छ।

“नेपालमा भारी वर्षातले गर्दा आएको बाढीले लाखौं मानिसहरु प्रभावित भएका छन्। उनीहरुलाई तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ। त्यसैले ब्रिटेनमा रहनु भएका स्वास्थ्यकर्मीहरु तथा सबै नेपाली समुदायमा हामी सहयोगकालागि आहवान गर्दछौं,” एसोसियसनका अध्यक्ष डा. शबीन जोशीले भन्नुभयो। http://mydonate.bt.com/events/nepalfloodrelief2017/446291 मा गएर सहयोग गर्न सकिने पनि एसोसियसनले जनाएको छ।

दुई वर्ष अघि नेपालमा गएको विध्वंशकारी भूकम्पको बेला पनि नेप्लीज डक्टर्स एसोसियसन युकेले भूकम्प प्रभावित इलाकाहरुमा चिकित्सकहरुको टोली पठाउनुकासाथै औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरु वितरण गरेको थियो।