प्योङयाङ्ग । उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएको प्रतिबन्धको मूल्य अमेरिकाले चुकाउनुपर्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मत पारित भएपछि उसले अमेरिकालाई चेतावनी दिएको हो । प्रतिबन्ध लगाउन अमेरिकाको सबैभन्दा ठूलो हात रहेको ठहर गर्दै उत्तर कोरियाले त्यसको परिणाम भोग्न अमेरिकालाई गाह्रो पर्ने चेतावनी दिएको हो ।
उत्तर कोरियाले आफ्नो देशमाथिको प्रतिबन्धलाई सार्वभौमसत्तामाथिको आक्रमण भनेको छ ।






