लण्डन । गायक विष्णु बन्जाडेको नयाँ गीत “नढाटेर भन ” सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमा सबैको मन जित्न सफल पनि भएको छ ।
उनको यो पहिलो प्रयास पनि हो । देबी घर्तीले साथ दिएको यो लोकलयमा बिष्णुले निकै मिहिनेत पनि गरेका छन । आफ्नै रचना र स्वरको यो गीतलाई बिष्णुले छांयाकन गरेर भिडियोसमेत बजारमा ल्याइसकेका छन ।
बेलायतका विभिन्न शहरमा छायांकन गरिएको भिडियोलाई प्रकाश रिजाल र रविन्सन घर्तीले खिचेका हुन । जानकी सिंजालीको निर्देशन रहेको यस लोक भाकामा बिष्णु बन्जाडे र रिता बन्जाडेले अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियो






