सोसाइटी अफ नेपाली इञ्जिनियर्स एसोसिएसन बेलायतको वार्षिक भेला सम्पन्न

लन्डन– सोसाइटी अफ नेपाली इञ्जिनियर्स एसोसिएसन बेलायतको वार्षिक भेला डोभरमा सम्पन्न भएको छ ।

करिव ५० जना इञ्जिनियर सहभागी भेलाको सभापतित्व घनश्याम पौडेलले गर्दै बेलायतमा भएका सम्पूर्ण नेपाली मुलका इञ्जिनियर्सहरुलाई नेपालको विकासका लागि आफ्नो सीप, अनुभव र प्राविधिक ज्ञान प्रदान गर्न अपिल गरे ।

कार्यक्रममा एसोसिएसनका पूर्वसभापति कृष्णकिशोरले संघीयतापछि बनेका स्थानीय तह तथा प्रदेशमा सीधा सम्पर्क गरेर आफ्नो अनुभव र सीप हस्तान्तरण गर्न आग्रह गरे ।

कार्यक्रम सञ्चालन गर्दै एसोसिएसनका महासचिव शैलेन्द्रकाजी श्रेष्ठले बेलायतमा रहेका नेपाली इञ्जिनियरहरुको अध्ययन, लेख, रचनालाई नेपाल सरकारसम्म पुर्‍याउने बताए ।

एसोसिएसनका कोषाध्यक्ष विजय बज्राचार्यले वार्षिक आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

इञ्जिनियर उमेश पराजुली, इञ्जिनियर हरिकृष्ण न्यौपाने, पूर्वमहासचिव राजेश पाठकलगायतले एनआरएन यूकेको महत्त्वाकांक्षी योजना नेपाल हाउस बनाउन गरेको प्राविधिक सहयोगको चर्चा गरेका थिए ।

संस्थाका सल्लाहकार इञ्जिनियर आर। के। त्रिपाठीले बेलायतका इञ्जिनियरहरुले गरेका कार्यको प्रसंसा र्दै नेपालको विकासका लागि अब नगर सरकार, गाउँ सरकारको नीति तथा कार्यक्रम समावेश गर्न लगाएर बेलायतबा सहयोग गर्न सकिने सुझाव दिए । उनले बेलायतका नेपाली इञ्जिनियरलाई सकेसम्म सहयोग गर्न अपिल गरे ।

कार्यक्रममा इञ्जिनियरहरु उमेश पराजुली, राजेश पाठक, केशव पोखरेल, रामानन्द पुरी, कन्हैया भगत, आर।सी। अधिकारी, सुवोद तिमिल्सिना, नारद भण्डारी, राजेन्द्र खरेल, यम भण्डारी, देवेन्द्र दाहाल, मन्दिरा त्रिपाठी, भोजराज बराल, लक्ष्मण घिमिरे, दीपु भूर्तेल, मनोज श्रेष्ठलगायतको उपस्थिति थियो ।