जिल्लाको पश्चिमी गाविस डिकुवा–४ दाम्लीका देशवीर राईलाई साँझ–बिहान खानलाउन जति चिन्ता छ, उत्तिकै चिन्ता छ काखको छोराको । पन्ध्र महिने छोरा आशिषको मुन्टो बाङ्गिँदै गएपछि निम्न आर्थिकस्तर भएका राई परिवारको चिन्तामाथि चिन्ता थपिएको हो । आशिषको मुन्टो बायाँबाट दायाँतिर बाङ्गिएकाले टाउको सधैँ दायाँतिरै ढल्किरहन्छ । दिनानुदिन काखको छोरा हिँड्डुल गर्नुपर्नेमा मुन्टै थेग्न नसक्ने भएपछि चिन्ता थपिएको देशवीरले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएकै कारण उनले अहिलेसम्म छोरालाई अस्पताल लैजान र समस्या देखाउन सकेका छैनन् । देशवीर र उनकी श्रीमती सनसरी दुवैजना आफँैमा सुस्त मनस्थितिका छन् । छोरो जन्मिँदा उनीहरुमा जति उत्साह हात लागेको थियो, छोराको हालको अवस्थाले उनीहरुलाई उत्तिकै पिरोलिरहेको छ । देशवीर भन्नुहुन्छ, “सग्लो जन्मिएको छोराको हेर्दाहेर्दै मुन्टो बाङ्गियो, उपचार गर्न लैजाउ भने खर्च छैन, खान त पुग्दैन के को पैसाले अस्पताल जानु !”
बालक आशिषको मुन्टो बाङ्गो भए पनि अन्य अङ्ग सग्ला छन् । बाबु देशवीरका अनुसार बिस्तारै–बिस्तारै हिँड्डुल गर्नुपर्नेमा अहिलेसम्म उनी उभिनसमेत सक्दैनन् । देशवीरले थप्नुभयो, “बिहान बेलुका हात जोर्ने चिन्ता त छँदै थियो, छोराको बाङ्गिएको मुन्टाको उपचार अब कसरी गर्ने ?”
राई दम्पतीको बाँसको भाटाले बारेको र खरले छाएको सानो झुपडी छ । उब्जाउ नहुने थोरै जग्गा छ । भएको जग्गाबाट उत्पादन हुने मकै, कोदो, फापरले बढीमा तीन महिनामात्र खान पुग्छ । बाँकी नौ महिना अर्मपर्म, बनिबुतो र गाउँलेको दयास्वरुप प्राप्त भएको अन्न र पैसाबाट उनीहरुको चुल्होमा आगो बल्छ ।
बच्चाको मुन्टो बाङ्गिएपछि






