काठमाडौं- नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको निधन भएको छ। स्वासप्रश्वासको समस्याले थलिनुभएका ९३ बर्षीय नेता जोशीको बिहीबार साँझ ७ बजे निधन भएको कांग्रेस नेता पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो। २००७ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय नेता जोशी शिक्षा र पर्यटन मन्त्री हुनुभएको थियो।
तस्बिर: ईकान्तिपुर






