लन्डन । नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक पशुपति शर्मा यस पटक भने तीज गीतमा ब्यस्त देखिएका छन् ।
समाजमा घट्ने हरेक राम्रा र नराम्रा घटनालाई टपक्कै टिपेर गीत बनाउन सिपालु गायक शर्माले यस्तै बिषयबस्तुमा “मेयरनीको पोई” बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन ।
उक्त गीतमा लय, शब्द तथा स्वर स्वयंम शर्माको रहेको छ भने गायिका जानकी तारमी मगरले साथ दिएकी छिन् ।
दुर्गा पौडेलले निर्देश्न / छायांकन गर्नु भएको भिडियोलाई प्रविन भट्टले सम्पादन गर्नु भएको छ ।






