लण्डन । लोक दोहोरी गायक सन्तु थापाको पछिल्लो तीज गित “नाई नाई भन्छ मायाले “सार्वजनिक भएको छ ।
संगीत क्षेत्रका अब्बल दुई श्रष्टा मन्जु पौडेल र सन्तु थापाको स्वरमा सजिएको यो गीत अन्य भन्दा केही फरक भएको गायक थापाले बताए ।
गायक थापाले यसपटक पनि गाउँका दिदीबहिनी र आमाहरूले गाउँदै आएका भाका टिपेर उनले मौलिक स्वाद दिने प्रयत्न गरेको दाबी गरे ।
शिव हमालले शब्द लेखेको गितको भाका संकलन सन्तु थापाले गरेका हुन् ।
राजेश घिमिरेको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगर ले गरेका छन् । म्युजिक भिडियोलाई शंकर .बि सि. ले निर्देशन गरेका हुन ।
https://youtu.be/REJDpGqSbIs






