रुपन्देही– लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्थानीय तहको जारी मत गणना जारी रहँदा राजपाका पूर्ब केन्द्रीय सदस्य मनमोहन चौधरी तथा संघीय समाजबादी फोरमका युवा उम्मेदवार फकरुद्दीन मुसलमानबीच टक्कर परेको छ । राजनीतिमा ३६ र ६३ को सिद्धान्त बमोजिम मधेश आन्दोलनका सहपाठी चौधरी र मुसलमानबीच चुनावी टक्कर परेको हो ।
पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार राजपाका पूर्ब केन्द्रीय सदस्य मनमोहन चौधरीले आफ्नो चुनाव चिन्ह संखमा पाँचहजार पाँचसय ६९ मत ल्याएर अग्रस्थान बनाएका छन् ।
त्यसैगरि उनका निकटतम प्रतिद्वन्दी संघीय समाजबादी फोरमका केन्द्रीय सदस्य तथा मेयर पदका युवा उम्मेदवार फकरुद्दीन मुसलमान तीन हजार सात सय ७७ मत प्राप्त गरि खबरदारी गरिरहेका छन् । उता, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका मेयरपदका उम्मेदवार सजरुद्दीन मुसलमान दुईहजार ६ सय ५० मत ल्याई तेस्रो स्थानमा रहेका छन् ।
उपमेयरतर्फ नेपाली काँग्रेसका उम्मेवार रमावतीदेबी यादव दुईहजार तीनसय ८२ मत ल्याई अग्रता लिएकी छन् भने संघीय समाजबादी फोरमका जानकीदेबी श्रीवास्तव दुई हजार नौसय २० मत ल्याई प्रतिस्पर्धामा उत्रेकी छन । त्यस्तै मधेशी जनअधिकार फोरमका राधेश्वरी बरईले दुईहजार दुईसय ६२ मत ल्याई तेस्रो स्थानमा रहेकी छन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा फोरम र स्वतन्त्र उम्मेदवारबीच टक्कर






