सोलुखुम्बु–दोस्रो चरणको स्थानीय निर्वाचनअन्र्तगत ३३४ स्थानीय तहमा बुधबार निर्वचन भएपनि सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडानम्बर ७ मा पर्ने तिङला मतदान केन्द्रका सथानीयले भने मतदान गरेनन् ।
२ हजार ४ सय ७६ मतदाता रहेको सो मतदान केन्द्रमा एकजनाले पनि भोट नहालेको स्थानीयले बताएका छन् ।
स्थानीय तह पुनर्सरचनाका क्रममा सिमांकनबाट असन्तुष्ट साविक तिङलाबासी चुनावमा सहभागी नभएर विरोध कायमै राखेका हुन् ।
निर्वाचनका कर्मचारी रित्तो मतपेटिका लिएर दिनभर बसेको स्थानीय मनोज बस्नेतले बताएका छन् ।






