१०० वर्षमाथिका मतदाताः जसले खसाले भोट

काठमाडौं– वैतडी जिल्लाको सुरनया गाँउपालिकाको भूमिराज नि.मा.वि. मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गरेका छन् ।
त्यसैगरी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी जेष्ठ नागरिक १०५ वर्षीय कलशी भट्टले भूमिराज नि.मा.वि., तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी छिन् ।
यस्तै गुल्मीमा पनि १०१ वर्षीया तुलसादेवी अर्यालले मतदान गरेकी छिन् ।

गुल्मीको इस्मा गाउँपालिका– ५ रामराज्य मावी केन्द्रमा उनले मत खसालेकी हुन् ।

दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।