मन्त्रालयका सचिवलाई मेयरले भने, ‘बाहिरका आएर धेरै सिकाउन पर्दैन’

काठमाडौँ – आवश्यकता भन्दा बाहिरका निकायले स्थानीय तह संचालन सम्बन्धि सिकाउन थालेको भन्दै जनप्रतिनिधि आक्रोसित हुन थालेका छन् ।

संबिधान र ऐनले तोकेको काम गर्न कसैले सिकाउन नपर्ने भन्दै विभिन्न कार्यशाला गोष्ठी तालिम भन्दै पढाउन थालेपछि आफुहरु राजनैतिक कार्यकर्ता होकी मन्त्रालयको कार्यकर्ता भन्दै आक्रोसित भएका हुन् ।

काठमाडौ उपत्यका विकास प्राधिकरणले सोमबार उपत्यका भित्रका निर्बाचित मेयर उपमेयरलाई दिएको अभिमुखीकरण गोष्ठीमा संखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले तालिम गोष्ठीले काम गर्न नदिएको बताउनु भयो ।
शहरी बिकाश मन्त्रालयका सचिब दिपेन्द्र नाथ शर्माले बोले लगत्तै बोलेका श्रेष्ठले सिकाउने धेरै भएको र काममा अड्काउने मन्त्रालय भन्दै आक्रोश पोखेका थिए ।

सचिब शर्माले विद्यमान संरचनामा विकास खर्च हुन नै समस्या परेको बेला स्थानीय निकायले कसरी खर्च गर्छ भनेर जिज्ञाशा राखे लगत्तै सचिवको जवाफमा मेयर श्रेष्ठले धेरै सिकाउन नपर्ने भनेका थिए ।

पछिल्लो समय पहिलो चरणमा निर्बाचित जनप्रतिनिधिहरुलाई विभिन्न सरकारी निकाय तथा गैर सरकारी निकायले स्थानीय तहको संचालन प्रभावकारी रुपमा चलाउन भन्दै तालिम गोष्ठी संचालन गर्दै आएका छन् ।