काठमाडौं– युवा लोक तथा दोहारी गायक केहरसिंह प्यासीले आफ्नो पाँचौ गीत ‘सिरमा रिबन’ सार्वजनिक गरेका छन् ।
छोटो समयमै निकै चर्चा कमाएका प्यासीले मगर समुदायमा चल्तीको भाकामा उनले ‘शीरमा रिबन, नाचौं, गाऔं के छ र जीवन’ बोलको गीत बजारमा ल्याएका छन् । मगर, गुरुङ समुदायमा निकै चल्तीको यो भाका लाहुरेहरुको निकै प्रिय भाका हो ।
म्यूजिक नेपालमार्फत उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा ‘हिमालैमा बस्ने चरी मधेसतिर झर्यो, मायासँग भेट भको बेला नाच्न गाउन पर्यो’ लगायतका टुक्काहरु गीतमा समावेश गरिएको छ ।
गीतमा प्यासी स्वयम र जुना श्रीष मगरले स्वर भरेका छन् । गीतमा खेम सेञ्चुरीले लय तथा शब्द गरेका छन् । गीतको भिडियोमा प्रकाश भट्ट र अनिता बुढाथोकीले अभिनय गरेका छन् । भिडियो निर्देशन चाहिँ प्रकाश भट्टले गरेका हुन् ।






