फेसबुक मेसेन्जरमा अव अडियो सन्देश

fb audio textन्यूयोर्क – सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो मेसेन्जर सेवामा एउटा नयाँ विशेषता थपेकोे छ ।

मेसेन्जरमाथि उपभोक्ताहरुले अब ‘भोइस क्लिप’ (अडियो क्लिप) को आनन्द उठाउन सक्नेछन् । अडियो क्लिप पठाउनका लागि माइक्रोफोन आइकन दबाउनु पर्ने हुन्छ त्यसपछि सन्देश रेकर्ड गरेर प्रयोगकर्ताहरुले चाहेको व्यक्तिलाई पठाउन सक्नेछन् ।
यद्यपी यो विशेषताको लाभ अहिलेको लागि सबै उपयोगकर्ताहरुले उठाउन सक्नेछैनन् किनभने यो सुविधा अहिले टेस्ट ग्रुपलाई मात्र दिइएको छ । फेसबुकका सन्देश उत्पादकहरुका उपाध्यक्ष डेभिड मार्कसले एउटा बयानमा भने, ‘हामी सधैँ म्यासेन्जरको अत्यधिक उपयोगी बनाउने कार्यमा तल्लिन छौँ । फेसबुकको यो नयाँ विशेषताले प्रयोगकर्ताहरुलाई टाइप नै नगरी अडियो क्लिपको रुपमा सन्देश पठाउने सुविधा प्रदान गर्दछ ।’
डेभिडले उक्त टेस्ट हिजो अर्थात् मंगलबारदेखि सुरु गरेको जानकारी दिए ।