म्यानचेस्टर हमलाकारीका आफन्त पक्राउ

london hamala

लन्डन। बेलायतको म्यानचेस्टरमा भएको आक्रमणमा संलग्न रहेको मानिएका व्यक्तिका बुबा र दाजुलाई लिबियामा नियन्त्रणमा लिइएको छ ।

ब्रिटेन प्रहरीले घटनामा संलग्न रहेको आशंका सातौं व्यक्तिलाई नियन्त्रणमा लिएको छ । म्यानचेस्टर एरिनामा संलग्न मानिएका सलमान रमादान आबदी भने आत्मघाती आक्रणमा मारिएको प्रहरीको आशंका छ, जहाँ २२ जना मारिएका थिए भने ६० जना घाइते भएका छन् ।