पत्रकार महासंघ यूकेको च्यारिटी डिनर भव्य ३० लाख संकलन [तस्बिर सहित]

तस्बिर: एभरेष्ट गौतम
लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको च्यारिटी डिनर ‘नेप्लिज प्रेस नाइट’ आइतबार साँझ भव्यरुपमा सम्पन्न भएको छ । पत्रकार आपतकालिन कोष स्थापनाका लागि नेपाल पत्रकार महासंघ युके शाखाले मे २१ तारिख आइतबार साँझ च्यारिटी डिनर आयोजना गरेको हो ।  च्यारिटी नाइटमा करिब २५ हजार पाउण्ड (३० लाख रुपैयां) सहयोग प्रतिवद्धता आएको छ ।18664612_1277116365740222_3972723617548350126_n
अल्डरसटस्थित एम्पायर हलमा आयोजित नेपलिज प्रेस नाइटमा कार्यक्रमको उद्देश्यबारे जानकारी दिंदै शाखाका अध्यक्ष नरेश खपांगी मगरले बेलायत र नेपालमा रहेका पत्रकारलाई आपतकालीन सहयोग उपलब्ध गराउन च्यारिटी आयोजना गरिएको जानकारी दिए । IMG_7355

अध्यक्ष खपांगी मगरले संकलित रकम पारदर्शी हुने र सही सदुपयोग गर्न समुदाय एवं पत्रकारहरु सम्मिलित ५ सदस्यीय सञ्चालक समिति गठन गरिने बताए । झण्डै ६ सय सहभागी उक्त कार्यक्रम यस वर्षकै सर्वाधिक सफल ठानिएको छ । कार्यक्रमको सफलतालाई अधिकांशले पत्रकारहरुप्रति नेपाली समुदायको विश्वासका रुपमा हेरेका छन् ।IMG_7356
दुत पुन संयोजक रहेको उक्त कार्यक्रममा बेलायतको नेपाली डायस्पोरा र सञ्चारकर्मीहरु सबै एकै ठाउं एकत्रित थिए । कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम, ब्लाइन्ड रक्सकी सृष्टि केसी र लेबोर पार्टीका तर्फबाट बेलायतको संसदीय निर्वाचनका उम्मेदवार डा. बच्चु कैलाश कैनीले शुभकामना दिए ।IMG_7352
कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास लन्डनद्वारा प्रकाशित तथा बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीद्वारा लिखित ४०० पृष्ठको ‘२०० इयर्स अफ नेपाल ब्रिटेन रिलेसन्स’ नामक अंग्रेजी पुस्तक समेत विमोचन गरिएको छ । पुस्तक विमोचन नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष खपांगीमगर, पूर्व अध्यक्षद्वय चिरन शर्मा र नवीन पोखरेल, पत्रकारहरु भगीरथ योगी, विश्वासदीप तिगेला, हरिकुमार गुरुङ र सोनाम शेर्पाले संयुक्त रुपमा गरेका हुन् ।
 IMG_7353
 पत्रकार दुत पुनद्वारा लिखित कथा संग्रह ‘अर्ली भाइ’ समेत विमोचन गरियो । उक्त संग्रह राजदूत, अध्यक्ष खपांगीमगर र पत्रकार भगिरथ योगीले विमोचन गरेका थिए ।
कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेल एबं उपाध्यक्ष ध्रुवराज अर्याल स्वागत तथा कार्यक्रमको उद्देश्यबारे सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन  महासचिव लिलामान शेरपुन्जा, रमेश सरांगकोटी र जानुका राईले  गरेका थिए।
 हेम विष्टको साउण्ड सिस्टममा गायक गायिकाहरु लाली बुढाथोकी, गिता पाइजा, शर्मिला बर्देवा, मधुसुदन थापा, सुजन पराजुली, दिव्यानी, क्याप्टेन (रि) बीरबहादुर थापा र चोक गुरुङले गाए भने सयपत्री कल्चरल ग्रुप र सुरक्षा रानाले नृत्य प्रस्तुत गरेका थिए ।
शिब भण्डारी