ललितपुर- स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अग्रस्थानमा छन् ।
लमनपाको वडा २ को अध्यक्ष पदमा एमालेका राजेश महर्जनको समूह विजयी भएको छ । महर्जनले एक हजार ८३८ मत प्राप्त गरेका छन् ।
वडा नं १ र २ को मतगणना सकिएलगत्तै अहिले वडा ३ र ४ को मत गणना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
हेरौँ तस्विरहरु :





















